
तनहुँ- सामुदायिक विद्यालयका शिक्षकहरूको क्षमता विकास र समग्र शैक्षिक क्षेत्रको विकाससँगै समयसापेक्ष शिक्षण कलालाई विकास गर्न शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशले रोस्टर प्रशिक्षक तयार गर्ने उद्देश्यका साथ सात दिने प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको छ । यस तालिमले आगामी दिनहरुमा गण्डकी प्रदेशका ११ वटै जिल्लाहरुमा हुने शिक्षकको पेसागत विकास तालिम सञ्चालनार्थ प्रशिक्षकहरूको क्षमता विकाससँगै प्रशिक्षण कौशलता विकास गर्ने समेत अपेक्षा गरिएको छ। तनहुँको दमौलीस्थित शिक्षा तालिम केन्द्रले अंग्रेजी, गणित, विज्ञान, सामाजिक र नेपाली विषयका २५/२५ गरी कुल १२५ जना प्रशिक्षकहरुलाई प्रशिक्षण दिने शिक्षा तालिम केन्द्रका सूचना अधिकारी विदुरहरि आचार्यले जानकारी दिएका छन्।
गणित र सामाजिक विषयको प्रशिक्षण सम्पन्न
शिक्षा तालिम केन्द्रले गणित र सामाजिक विषयको प्रशिक्षण कार्य सम्पन्न गरेको छ । तालिम केन्द्रका प्रमुख नेपिलहरि रानाभाटको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व कानून मन्त्री हरी बहादुर चुमान को उपस्थिति रहेको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री चुमान ले शिक्षा क्षेत्रमा धेरै समस्याहरु रहेको र त्यसको समाधानका लागि सानोतिनो पहलले नसकिने हुँदा पुनः एक पटक शैक्षिक आन्दोलन गर्नुपर्ने भनाई व्यक्त गरेका थिए । शिक्षकको सम्मान घटेकाले सम्मानित पेशालाई जोगाइराख्न अग्रज र शिक्षकको रुपमा महत्वपूर्ण भूमिका हुने त्यसका लागि नेतृत्व शिक्षकले नै नेतृत्व गर्नुपर्ने उनको भनाई थियो । शिक्षा तालिम केन्द्र गण्डकी प्रदेशका तालिम प्रमुख नेपाल हरि रानाभाटले शिक्षकले विद्यार्थीको मनोविज्ञानलाई बुझेर शिक्षण गर्नुपर्ने साथै समयसान्दर्भिक शिक्षण गर्ने तौर तरिकामा परिवर्तन गर्नुपर्ने भएकाले शिक्षक तालिम सधैं आवश्यक भएको भन्दै प्रशिक्षण प्रशिक्षक कार्यक्रम अति आवश्यक हुने विचार व्यक्त गरेका थिए । गणित विषयको तालिम संयोजन तालिम अधिकृत राजकुमार विष्ट र सामाजिक विषयको संयोजन दामोदर कार्कीले गरेको जनाइएको छ । उक्त कार्यक्रममा प्रशिक्षण मा सहभागी साबित्री खरेल र रमेश भट्टराईले कार्यक्रममा भएका गतिविधिहरूको समीक्षात्मक भनाइहरु प्रस्तुत गरेका थिए ।
विज्ञान, अङ्ग्रेजी र नेपाली विषयको प्रशिक्षण हुँदै
शिक्षा तालिम केन्द्रले संचालन गरेको विज्ञान विषयको प्रशिक्षक प्रशिक्षण तालिम पोखरामा सञ्चालन गरिएको छ । तालिम संयोजन गरेका प्रकाश देवकोटाका अनुसार मंसिर २ गते बाट ८ गतेसम्म २५ जना रोष्टर प्रशिक्षकको सहभागीता भएको जनाइएको छ । यसैगरी अंग्रेजी विषयका प्रशिक्षकको रुपमा प्रशिक्षण मंसिर ८ गतेबाट र नेपाली विषयको मंसिर ९ गतेबाट सञ्चालन हुने तालिम केन्द्रले जनाएको छ।
marxist anarchist socialism leninism anarchocommunism
Thanks in favor of sharing such a good thought, post is good, thats why i have read it fully
@KIRIK ANDROID Eyw yanıt için
I visited various sites except the audio quality for audio
songs current at this web site is in fact wonderful.
I couldn’t refrain from commenting. Very well written!
Remarkable! Its truly remarkable paragraph, I have got much clear idea
concerning from this paragraph.
If some one wishes expert view concerning blogging and site-building then i suggest him/her
to visit this webpage, Keep up the fastidious work.