0(0)

शिक्षक सेवा आयोग माध्यमिक तह (खण्ड – ख)

About Course

शिक्षक सेवा अायाेगले वि सं. २०७६ फागुन १ गते देखि लागू हुने गरि पाठ्यक्रम परिमार्जन गरेकाे छ । परिमार्जित नयाँ पाठ्यक्रमले लिखित परीक्षा लाई दुई चरणमा विभाजन गरेको छ ।  पहिलो चरणमा सामान्य परीक्षा, विज्ञापन भएका सम्पूर्ण विषयहरूका लागि साझा पाठ्यक्रम १०० पूर्णाङ्कको वस्तुगत प्रश्नहरु समावेश गरी विशेष बस्तुगत बहुबैकल्पिक परीक्षा र दोश्रो चरणमा १०० पूर्णाङ्कको सम्बन्धित विषयको विषयगत प्रश्नहरु समावेश गरी विषयगत बिश्लेषणात्मक परीक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ। यस सामाग्रीलाइ शिक्षक सेवा आयोगको माध्यमिक तह प्रथम पत्रको सम्पूर्ण तयारीका लागि आवश्यक विषयवस्तुहरू अध्यायन गर्न सहजिकरण गरिने एक मात्र स्थानको रुपमा विकास गर्ने प्रयास गरिएकाे छ ।

Description

यस सामाग्रीलाइ शिक्षक सेवा आयोगको माध्यमिक तह प्रथम पत्रको सम्पूर्ण तयारीका लागि आवश्यक विषयवस्तुहरू अध्यायन गर्न सहजिकरण गरिने एक मात्र स्थानको रुपमा विकास गर्ने प्रयास गरिएकाे छ ।

शिक्षक सेवा आयोगले लिखित परीक्षा लाई दुई चरणमा विभाजन गरेको छ ।  पहिलो चरणमा सामान्य परीक्षा, विज्ञापन भएका सम्पूर्ण विषयहरूका लागि साझा पाठ्यक्रम १०० पूर्णाङ्कको वस्तुगत प्रश्नहरु समावेश गरी विशेष बस्तुगत बहुबैकल्पिक परीक्षा र दोश्रो चरणमा १०० पूर्णाङ्कको सम्बन्धित विषयको विषयगत प्रश्नहरु समावेश गरी विषयगत बिश्लेषणात्मक परीक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ।

 यो वेभ वेस डिजिटल सामाग्री शिक्षक सेवा आयोगबाट लिइने माध्यमिक तहको परीक्षामा सहभागी हुन चाहने जुनसुकै विषयका विद्यार्थीहरूका लागि पहिलो चरणको सामान्य परीक्षाको लागि तयार पारिएको सामग्री हो । यस सामग्रीमा पाठ्यक्रमले निर्देशित गरे अनुसार सामान्य ज्ञान, शिक्षा सम्बन्धी आधारभूत ज्ञान, सूचना तथा सञ्चार प्रविधि, संविधान, शिक्षा सम्बन्धी ऐन तथा नियमहरु, बाैद्दिक परीक्षणका विषयवस्तुलाई पाठ्यक्रमको मर्मअनुसार पर्याप्त मात्रामा सरल, सहज भाषामा पर्याप्त नमुना प्रश्नका साथमा समावेश गरिएको छ । पाठ्यक्रमले निर्देश गरेका विषयवस्तु प्रस्तुत गर्ने क्रममा आधिकारिक र त्रुटिरहित बनाउने हाम्रो प्रयास रहेको छ । सरलता, संक्षिप्तता, विशिष्ट प्रस्तुति शैलीले आधिकारिकता, त्रुटिरहितता जस्ता विशेषताले याे सामग्री जिज्ञासु र लगनशील सिकारूहरूको भरपर्दो साथी बन्नेमा हामी आशावादी छौं।

What Will I Learn?

  • शिक्षक सेवा आयोगको माध्यमिक तह प्रथम पत्रको सम्पूर्ण तयारीका लागि आवश्यक सामाग्रीहरु अध्यायन गर्न सहजिकरण गरिने एक मात्र स्थानको रुपमा विकास गरिएको ।

Topics for this course

31 Lessons

खण्ड: ख शिक्षासम्बन्धी आधारभूत ज्ञान

खण्ड: ख मा समावेश गरिएकाे पाठ्यक्रमबारे जानकारी लिन यहाँ क्लिक गर्नुहाेस्

१. शिक्षाको परिचय र नेपालको शैक्षिक विकास?

यस अन्तर्गत शिक्षाको स्वरुप उद्देश्यहरु र कार्यहरु, शिक्षाका आधुनिक प्रवृति र नेपालको आधुनिक शैक्षिक इतिहास विषयवस्तुहरू समावेश गरिएका छन् ।

२. शिक्षा मनोविज्ञान?

यस अन्तर्गत शिक्षा मनोविज्ञान: अवधारणा र आवश्यकता, मानव विकास: वृद्धि र विकासको अवधारणा र किशोरावस्था: किशोरावस्थाका रुचि र परिवर्तनहरू विषयवस्तुहरू समावेश गरिएकाे छ ।

३. सिकाइ प्रकृया र सिकाइका सिद्धान्त?

यस अन्तर्गत सिकाइमा प्रभाव पार्ने तत्वहरु: सिकाइको स्थानान्तरण, स्मरण र विस्मरण र उत्प्रेरणा र सिकाइ सिद्धान्त: परिचय, विशेषता र शैक्षिक उपयोगिता समावेश गरिएकाे छ ।

४. पाठ्यक्रम तथा पाठ्यपुस्तक?

यस अन्तर्गत पाठ्यक्रमको अवधारणा, उद्देश्य, क्षेत्र र क्रम, नेपालमा विद्यालय तहको पाठ्यक्रम विकासक्रम र वर्तमान अभ्यास, राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६, (विद्यालय शिक्षा), पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका विषयवस्तुहरू समावेश गरिएकाे छ ।

५. शिक्षण सिकाइ योजना, विधि र शिक्षण सामग्री?

यस अन्तर्गत शैक्षणिक योजना, शिक्षण सिकाइ विधि र शिक्षण सामग्री: अर्थ, वर्गीकरण, निर्माण र प्रयोग विषयहरू समावेश गरिएकाे छ ।

६. मूल्याङ्कन र परीक्षा?

यस अन्तगर्त परीक्षा र मूल्याङ्कनको अवधारणा, प्रकार, साधन र विशेषता, प्रश्नपत्र निर्माण, विशिष्टीकरण तालिका, प्रश्नहरुको विश्लेषण, वैधता र विश्वसनीयता, निरन्तर विद्यार्थी मूल्याङ्कन र अक्षराङ्कन पद्दति र परीक्षाफलको विश्लेषण र प्रयोग, विद्यार्थी उपलव्धि राष्ट्रिय परीक्षण (NASA) प्रतिवेदन जस्ता विषयवस्तुहरू समावेश गरिएकाे छ ।

७. शैक्षिक व्यवस्थापन र शैक्षणिक संगठन?

यस अन्तर्गत कक्षाकोठा व्यवस्थापनको अवधारणा र विविधता व्यवस्थापन, शैक्षणिक संगठन: कक्षा शिक्षण, बहुकक्षा शिक्षण, विषय शिक्षण, मिश्चित शिक्षण र विद्यालयमा द्वन्द्व व्यवस्थापन, विपत व्यवस्थापन र सङ्कट व्यवस्थापन जस्ता विषयवस्तुहरू समावेश गरिएका छन् ।

८. शिक्षक पेशागत विकास र शैक्षिक अनुसन्धान?

यस अन्तर्गत शिक्षक तालिम र क्षमता विकास, शिक्षक सक्षमताको प्रारुप २०७२ र शैक्षिक अनुसन्धान: अर्थ, आवश्यकता र प्रयोग (घटना अध्ययन र कार्यमूलक अनुसन्धान) समावेश गरिएकाे छ ।

About the instructor

4.00 (1 ratings)

5 Courses

52 students

 200.00

Requirements

  • At least Bachelor degree with secondary level teaching license.

Target Audience

  • Secondary Teacher, help for basic level also.