0(0)

शिक्षक सेवा आयोग माध्यमिक तह (खण्ड – क)

About Course

शिक्षक सेवा अायाेगले वि सं. २०७६ फागुन १ गते देखि लागू हुने गरि पाठ्यक्रम परिमार्जन गरेकाे छ । परिमार्जित नयाँ पाठ्यक्रमले लिखित परीक्षा लाई दुई चरणमा विभाजन गरेको छ ।  पहिलो चरणमा सामान्य परीक्षा, विज्ञापन भएका सम्पूर्ण विषयहरूका लागि साझा पाठ्यक्रम १०० पूर्णाङ्कको वस्तुगत प्रश्नहरु समावेश गरी विशेष बस्तुगत बहुबैकल्पिक परीक्षा र दोश्रो चरणमा १०० पूर्णाङ्कको सम्बन्धित विषयको विषयगत प्रश्नहरु समावेश गरी विषयगत बिश्लेषणात्मक परीक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ। यस सामाग्रीलाइ शिक्षक सेवा आयोगको माध्यमिक तह प्रथम पत्रको सम्पूर्ण तयारीका लागि आवश्यक विषयवस्तुहरू अध्यायन गर्न सहजिकरण गरिने एक मात्र स्थानको रुपमा विकास गर्ने प्रयास गरिएकाे छ ।

Description

यस सामाग्रीलाइ शिक्षक सेवा आयोगको माध्यमिक तह प्रथम पत्रको सम्पूर्ण तयारीका लागि आवश्यक विषयवस्तुहरू अध्यायन गर्न सहजिकरण गरिने एक मात्र स्थानको रुपमा विकास गर्ने प्रयास गरिएकाे छ ।

शिक्षक सेवा आयोगले लिखित परीक्षा लाई दुई चरणमा विभाजन गरेको छ ।  पहिलो चरणमा सामान्य परीक्षा, विज्ञापन भएका सम्पूर्ण विषयहरूका लागि साझा पाठ्यक्रम १०० पूर्णाङ्कको वस्तुगत प्रश्नहरु समावेश गरी विशेष बस्तुगत बहुबैकल्पिक परीक्षा र दोश्रो चरणमा १०० पूर्णाङ्कको सम्बन्धित विषयको विषयगत प्रश्नहरु समावेश गरी विषयगत बिश्लेषणात्मक परीक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ।

 यो वेभ वेस डिजिटल सामाग्री शिक्षक सेवा आयोगबाट लिइने माध्यमिक तहको परीक्षामा सहभागी हुन चाहने जुनसुकै विषयका विद्यार्थीहरूका लागि पहिलो चरणको सामान्य परीक्षाको लागि तयार पारिएको सामग्री हो । यस सामग्रीमा पाठ्यक्रमले निर्देशित गरे अनुसार सामान्य ज्ञान, शिक्षा सम्बन्धी आधारभूत ज्ञान, सूचना तथा सञ्चार प्रविधि, संविधान, शिक्षा सम्बन्धी ऐन तथा नियमहरु, बाैद्दिक परीक्षणका विषयवस्तुलाई पाठ्यक्रमको मर्मअनुसार पर्याप्त मात्रामा सरल, सहज भाषामा पर्याप्त नमुना प्रश्नका साथमा समावेश गरिएको छ । पाठ्यक्रमले निर्देश गरेका विषयवस्तु प्रस्तुत गर्ने क्रममा आधिकारिक र त्रुटिरहित बनाउने हाम्रो प्रयास रहेको छ । सरलता, संक्षिप्तता, विशिष्ट प्रस्तुति शैलीले आधिकारिकता, त्रुटिरहितता जस्ता विशेषताले याे सामग्री जिज्ञासु र लगनशील सिकारूहरूको भरपर्दो साथी बन्नेमा हामी आशावादी छौं।

What Will I Learn?

  • शिक्षक सेवा आयोगको माध्यमिक तह प्रथम पत्रको सम्पूर्ण तयारीका लागि आवश्यक सामाग्रीहरु अध्यायन गर्न सहजिकरण गरिने एक मात्र स्थानको रुपमा विकास गरिएको ।

Topics for this course

31 Lessons

Secondary Level syllabus?

all the course details
Syllabus of Secondary level General Part
syllabus of Secondary Level Subject wise Second part (Mathematics)

खण्ड कः सामान्य ज्ञान १. ब्राह्मण्ड सम्बन्धी जानकारी?

ब्राह्मण्ड सम्बन्धी जानकारीः १.१ सौर्यमण्डलः सुर्य, ग्रह, उपग्रह, तारा १.२ पृथ्वीः परिचय उत्पति र गति

खण्ड कः सामान्य ज्ञान २. विश्वकाे भूगाेल?

विश्वकाे भूगाेल २.१ महासागर, महादेश, भाैगाेलिक क्षेत्र र विशेषता २.२ अवस्थिति, अक्षांस, देशान्तर, अन्तराष्टिय तिथि, रेखा, समय र दुरी २.३ जलवायू, पर्वत श्रृङ्खला, मरूभुमि, भुकम्प, ज्वालामुखी, नदी र हिमनदी

खण्ड कः सामान्य ज्ञान (३.नेपालको भूगोल)?

यस अन्तर्गत भौगोलिक अवस्था, धरातलीय स्वरुप, किसिम र विशेषता, प्राकृतिक स्रोतहरु, किसिम, उपलब्धा र वर्तमान अवस्था, भौगोलिक विविधता र जनजीवन र हावापानीको किसिम, विशेषता र त्यसको प्रभाव समावेश गरिएकाे छ ।

खण्ड कः सामान्य ज्ञान (४. नेपालको इतिहास, संस्कृति र सामाजिक व्यवस्था)?

यस अन्तर्गत प्राचीनकाल (किराँत र लिच्छवि) र मध्यकालको सामाजिक, आर्थिक एवं राजनीतिक अवस्था, आधुनिक इतिहास: महत्वपूर्ण राजनीतिक घटनाक्रम, कारण र परिणाम, नेपाली समाज र यसको बनोट, सामाजिक प्रथा, परम्परा, मूल्य र मान्यता र साँस्कृतिक सम्पदा: किसिम, स्थिति, विशेषता, महत्व र संरक्षण समावेश गरिएकाे छ ।

खण्ड कः सामान्य ज्ञान (५. नेपालको आर्थिक विकास)?

यस अन्तर्गत नेपालको अर्थतन्त्रको स्वरूप, विकासका पूर्वधारहरु: शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, व्यापार, पर्यटन, यातायात, सञ्चार र विद्युत, योजनाबद्ध विकासः चालु आवधिक योजना र बजेट, राष्ट्रिय गौरवका आयोजनाहरु समावेश गरिएकाे छ ।

खण्ड कः सामान्य ज्ञान (६. वातावरण, विज्ञान र प्रविधि)?

यस अन्तर्गत दिगो विकासका अवयवहरु, लक्ष्य, उद्देश्य र रणनीति, विश्वव्यापी उष्णता, जलवायु परिवर्तन, हरितगृह प्रभाव र वातावरण प्रदूषण, पारिस्थितिक पद्दति (Ecosystem): मानव गतिविधि र पारिस्थितिक पद्दति (Ecosystem) मा परेको प्रभाव, जनसाँख्यिकीय, शहरीकरण र बसाइँ सराइको वर्तमान अवस्था, जैविक प्रविधि, सूचना तथा सञ्चार प्रविधि र वैकल्पिक उर्जा, विज्ञान र प्रविधिको विकास समावेश गरिएकाे छ ।

खण्ड कः सामान्य ज्ञान (७. अन्तर्राष्ट्रिय सम्बन्ध तथा संघ/संस्था)?

यस अन्तर्गत संयुक्त राष्ट्रसंघ: यसका अंगहरू, विशिष्टीकृत संस्था र तिनका गतिविधिहरु, क्षेत्रीय संगठन: सार्क र विमस्टेक, विश्व बैंक र एशियाली विकास बैंक समावेश गरिएकाे छ ।

खण्ड कः सामान्य ज्ञान (८.राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका राजनीतिक, सामाजिक, आर्थिक, वैज्ञानिक, सांस्कृतिक लगायत समसामयिक घटना सम्बन्धी जानकारी)?

यस अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका राजनीतिक, सामाजिक, आर्थिक, वैज्ञानिक, सांस्कृतिक लगायत समसामयिक घटना सम्बन्धी जानकारी सम्बन्धि विषयवस्तुलाइ समावेश गरिएकाे छ ।

About the instructor

4.00 (1 ratings)

5 Courses

52 students

 200.00

Requirements

  • At least Bachelor degree with secondary level teaching license.

Target Audience

  • Secondary Teacher, help for basic level also.