शिक्षक सेवा आयोग आधारभूत तह (खण्ड ग) र माध्यमिक तह (खण्ड घ)

Categories: TSE Preparation Class
Wishlist Share
Share Course
Page Link
Share On Social Media

About Course

यस सामाग्रीलाइ शिक्षक सेवा आयोगको आधारभूत र माध्यमिक तह प्रथम पत्रको सम्पूर्ण तयारीका लागि आवश्यक विषयवस्तुहरू अध्यायन गर्न सहजिकरण गरिने एक मात्र स्थानको रुपमा विकास गर्ने प्रयास गरिएकाे छ ।

शिक्षक सेवा आयोगले लिखित परीक्षा लाई दुई चरणमा विभाजन गरेको छ ।  पहिलो चरणमा सामान्य परीक्षा, विज्ञापन भएका सम्पूर्ण विषयहरूका लागि साझा पाठ्यक्रम १०० पूर्णाङ्कको वस्तुगत प्रश्नहरु समावेश गरी विशेष बस्तुगत बहुबैकल्पिक परीक्षा र दोश्रो चरणमा १०० पूर्णाङ्कको सम्बन्धित विषयको विषयगत प्रश्नहरु समावेश गरी विषयगत बिश्लेषणात्मक परीक्षा सञ्चालन गर्ने व्यवस्था गरेको छ।

 यो वेभ वेस डिजिटल सामाग्री शिक्षक सेवा आयोगबाट लिइने आधारभूत र माध्यमिक तहको परीक्षामा सहभागी हुन चाहने जुनसुकै विषयका विद्यार्थीहरूका लागि पहिलो चरणको सामान्य परीक्षाको लागि तयार पारिएको सामग्री हो । यस सामग्रीमा पाठ्यक्रमले निर्देशित गरे अनुसार सामान्य ज्ञान, शिक्षा सम्बन्धी आधारभूत ज्ञान, सूचना तथा सञ्चार प्रविधि, संविधान, शिक्षा सम्बन्धी ऐन तथा नियमहरु, बाैद्दिक परीक्षणका विषयवस्तुलाई पाठ्यक्रमको मर्मअनुसार पर्याप्त मात्रामा सरल, सहज भाषामा पर्याप्त नमुना प्रश्नका साथमा समावेश गरिएको छ । पाठ्यक्रमले निर्देश गरेका विषयवस्तु प्रस्तुत गर्ने क्रममा आधिकारिक र त्रुटिरहित बनाउने हाम्रो प्रयास रहेको छ । सरलता, संक्षिप्तता, विशिष्ट प्रस्तुति शैलीले आधिकारिकता, त्रुटिरहितता जस्ता विशेषताले याे सामग्री जिज्ञासु र लगनशील सिकारूहरूको भरपर्दो साथी बन्नेमा हामी आशावादी छौं।

Show More

What Will You Learn?

  • शिक्षक सेवा आयोगको माध्यमिक तह प्रथम पत्रको सम्पूर्ण तयारीका लागि आवश्यक सामाग्रीहरु अध्यायन गर्न सहजिकरण गरिने एक मात्र स्थानको रुपमा विकास गरिएको ।

Course Content

खण्डः ग सामान्य बौद्धिक परीक्षण (१. शाब्दिक बौद्धिक परीक्षण )
यस अन्तर्गत शव्द ज्ञान परीक्षण (Word Knowledge Test), समरूपता ( Analogies ), शाव्दिक वर्गीकरण (Verbal Classification), विपरीतार्थक, समानार्थी (Antonyms, Synonyms), शाव्दिक पजलहरू, अमिल्दा शव्दहरू (Verbal Puzzles Including Jumbled Words) विषयवस्तुहरू समावेश गरिएकाे छ ।

  • १.१. शव्द ज्ञान परीक्षण (Word Knowledge Test)
  • १.२. समरूपता ( Analogies )
  • १.३. शाव्दिक वर्गीकरण (Verbal Classification)
  • १.४. विपरीतार्थक, समानार्थी (Antonyms, Synonyms)
  • १.५. शाव्दिक पजलहरू, अमिल्दा शव्दहरू (Verbal Puzzles Including Jumbled Words)

खण्डः ग सामान्य बौद्धिक परीक्षण (२. गणितीय क्षमता )
यस अन्तर्गत श्रेणीक्रम समस्याहरू (Series Problems), छुटेका सङ्ख्याहरू पुरा गर्ने (Fill in the Missing Numbers), गणितीय पजलहरू (Mathematical Puzzles), भिन्न र दशमलव (Fraction and Decimal), प्रतिशत र अनुपात (Percentage and Ratio), नाफा, नोक्सान, कार्य र समय (Profit, Loss, Time and Work), तथ्याङ्क परीक्षण, विश्लेषण र प्रमाणीकरण (Data Checking, Data Interpretation and Verification) विषयवस्तुहरू समावेश गरिएकाे छ ।

खण्डः ग सामान्य बौद्धिक परीक्षण (३. स्थानिक तार्किक सीप )
यस अन्तर्गत वस्तु मिलान (Object Assembly), अङ्क संकेत/ कोडिङ्ग (Digit Symbol/Coding), चित्र मिलान (Picture Arrangement), चित्र पुरा गर्ने (Picture Completion), मेट्रिक्स रिजनिङ (Matrix Reasoning) विषयहरू समावेश गरिएकाे छ ।

खण्डः ग सामान्य बौद्धिक परीक्षण (४. दृश्यात्मक/धारणात्मक सीप )
यस अन्तर्गत सीमित सूचनाको आधारमा निश्कर्ष (Stringing Separate related pieces of Information),. समान प्रकारका वस्तु पहिचान (Picking out identical things from a collection), असमान वस्तु/चित्र पहिचान (Identifying the odd one out) विषयहरू समावेश गरिएकाे छ ।

खण्ड घः सूचना तथा सञ्चार प्रविधि (१. कम्प्युटरः परिचय, प्रकार, हार्डवेयर, सफ्टवेयर र अफिस प्याकेज, (वर्ड, एक्सेल, पावर प्वान्ट) इमेल, इन्टरनेट।)
१. कम्प्युटरः परिचय, प्रकार, हार्डवेयर, सफ्टवेयर र अफिस प्याकेज, (वर्ड, एक्सेल, पावर प्वान्ट) इमेल, इन्टरनेट।

खण्ड घः सूचना तथा सञ्चार प्रविधि (२. विद्यालयमा प्रयोग गरिने साधारण सफ्टवेयर सम्बन्धी आधारभूत ज्ञान)
२. विद्यालयमा प्रयोग गरिने साधारण सफ्टवेयर सम्बन्धी आधारभूत ज्ञान

खण्ड घः सूचना तथा सञ्चार प्रविधि (३. शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग, बिकास र व्यवस्थापन
३. शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग (श्रव्य, दृश्य तथा अन्तरक्रियात्मक डिजिटल सामग्री, ई- पुस्तकालय), बिकास र व्यवस्थापन

खण्ड घः सूचना तथा सञ्चार प्रविधि (४. साइवर अपराध र सुरक्षा सम्बन्धी आधारभूत ज्ञान)
४. साइवर अपराध र सुरक्षा सम्बन्धी आधारभूत ज्ञान